दफा १२
उम्मेदवारको योग्यता
कुनै व्यक्ति निर्वाचनमा उम्मेदवार हुन देहायको योग्यता पूरा गरेको हुनुपर्नेछस्ः–
(क) नेपालको नागरिक,
(ख) मतदाता नामावलीमा नाम समावेश भएको,
(ग) पच्चीस वर्ष उमेर पूरा भएको,
(घ) कुनै सङ्घीय कानूनले अयोग्य नभएको, र
(ङ) कुनै लाभको पदमा बहाल नरहेको ।
स्पष्टीकरणः खण्ड (ङ) को प्रयोजनको लागि “लाभको पद” भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पद बाहेक कुनै सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद सम्झनु पर्छ ।